जनचाहनालाई बुझेर राजनीतिक नेतृत्व रूपान्तरण हुनुपर्छ: राष्ट्रपति पौडेल
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन नै देशलाई स्थिरता र निकास दिने एक मात्र मार्ग भएको स्पष्ट बताएका छन् ।
ललितपुर महानगरको नयाँ प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताको चाहना सुनेर राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता जोड दिए ।
उनले भने- ‘यही व्यवस्थामा हाम्रो भविष्य सुरक्षित छ भनेर जनतामा भावना जागृत गराउनुपर्छ। नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्वले आफैँलाई रूपान्तरण गर्दै लैजानु आजको हाम्रो साझा दायित्व हो। संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहना पुरा गर्न र देशलाई निकास दिने फागुन २१ गते निर्वाचनको विकल्प छैन।’
उनका अनुसार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको अभिभारा पूरा गर्नु आजको प्रमुख दायित्व हो, र त्यसका लागि निर्धारित मितिमै निर्वाचन हुनु अत्यावश्यक छ।
उनीले पूर्वाधार निर्माणसँगै नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने पहललाई प्राथमिकता दिनुपर्ने पनि बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस