धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
खबर एक्सप्रेस
२०८१-०८-१० ०६:५८ मा प्रकाशित
Total Shares: 27
काठमाडौं-नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि, आइतबार सिफारिस समितिले श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
उनीहरूमध्येबाट मन्त्रिपरिषद्ले सन्तोषनारायणलाई नियुक्त गरेको हो ।
गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो ।
फेसबुक पेज Like गर्नुहोस