बलात्कार आरोपी सिद्धबाबा थप तीन दिन हिरासतमा रहने
खबर एक्सप्रेस
२०७६-०८-२७ ११:०० मा प्रकाशित
Total Shares: 404
काठमाडौं - जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई शुक्रबार जिल्ला अदालत सुनसरीले प्रहरीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।
प्रहरीले १० दिनको म्याद मागेकोमा अदालतले तीन दिनमात्र दिएको सुनसरी प्रहरीले बताएको छ । यसअघि गिरीलाई चार दिन र सात दिनको अनुमति दिइएको थियो ।
अब प्रहरीले तीन दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउनेछ । अदालतले दिएको अनुमति अवधिभर गिरी उपचारको क्रममा अस्पतालमै बसेका छन् ।
गत कात्तिक ४ गते आफ्नै अनुयायीलाई बलात्कार गरेको भन्दै सुनसरी प्रहरीमा किटानी जाहेरी परेपछि प्रहरीले गिरीलाई मंसिर १६ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस