सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
बुधबार बिहान १०ः३० बजे बस्नेगरी बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ ।
बैठकमा सरकारका नियमित कार्यसूची, समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्ताव तथा निर्णय कार्यान्वयनको अवस्थामाथि छलफल हुने बताइएको छ ।
मन्त्रीपरिषद्को बैठक आह्वानसँगै उनी संसद् बैठकमा नजाने भएका छन्। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ ।
यसअघि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने उल्लेख गरिएको थियो । तर, प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक र संसद आह्वानको समय लगभग एकै पर्न गएकाले नीति तथा कार्यक्रममाथिका प्रश्नको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस