काठमाडौं - प्रहरीले यात्रुहरूसँग बढी भाडा लिने २८ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटी अन्तर्गत प्रभाग कंलकी बल्खुले शुक्रबार बढी भाडा लिने २८ जनालाई पक्राउ हो।

महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख डिएसपी रूगम बहादुर कुवँरले गाडी छैन भनेर गाडी लुकाउने, रिर्जभमा मात्र जाने भन्ने, यात्रुहरूलाई टिकट नदिने, टिकट दिएमा कार्वन कपीमा कुनै पनि कुरा उल्लेख नगर्ने, ४५० को भाडालाई १२ सय सम्म लिने,यात्रुसँग छुट्टै लगेज भाडा माग्ने, यात्रुहरूसँग मित्रवत व्यवहार व्यवहार नगर्ने, बढी भाडा लिई यात्रु अलपत्र पार्ने,चालक,सहचालक र बिचौलियाहरू गरि २८ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए।

कालीमाटी वृत्तले भोलि शनिवार बिदा परेकाले नियन्त्रणमा लिएकाहरूलाई आइतबार अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ।