काठमाडौं - प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको थियो। तर प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने कार्यसूची तय गरिएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने सदन अवरोध गरेका थिए ।

अवरोध कायम रहेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन्।

यता प्रधानमन्त्री उपस्थित नभई नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन नसकिने भन्दै श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ ।

विरोध गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू बैठकबाट बाहिरिएका हुन् ।