संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश
खबर एक्सप्रेस
२०७८-०२-१३ ०३:०३ मा प्रकाशित
Total Shares: 421
काठमाडौं - सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।
बिहिबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।
संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस