काठमाडौं - सरकारले दिएको १५ दिने म्याद सकिए पनि मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् ।

शिक्षा मन्त्रालयले कात्तिक २४ गते सुचना जारी गरेर १५ दिनभित्र बढी शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले तेस्रो पटक दिएको समयसीमा आइतबार सकिँदैछ । मन्त्रालयले यसअघि गत चैत र दसैअघि पनि शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो ।

सरकारको निर्देशनलाई बेवास्ता गरेपछि मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन चर्किँदै गएको छ भने सरकारले कलेजविरुद्ध कारबाही अगाडी बढाउने तयारी गरेको छ ।

 कान्तिपुर दैनिकबाट