शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुन्छ : मन्त्री पोखरेल
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुने बताएका छन् ।
माद्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
मन्त्री पोखरेलले गुणात्मक शिक्षा दिनसक्ने शिक्षकबिना गुणात्मक शिक्षाको परिकल्पना गर्न नसकिने बताए । ‘शिक्षाको स्तर कस्तो छ भन्ने कुरा शिक्षकको स्तर कस्तो छ भन्ने कुराले निर्धारण गर्छ’, उनले भने ।
मन्त्री पोखरेलले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको समेत बताएका छन् । देश कता जान्छ भन्ने कुरा शिक्षा कस्तो छ भन्ने कुराले निर्धारण गर्ने र शिक्षा कस्तो छ भन्ने कुरा शिक्षक कस्तो छ भन्ने कुराले निर्धारण गर्ने उनले बताए ।
पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतले माध्यामिक शिक्षाको पाठ्यक्रम बनाउने अधिकार स्थानीय तहलाई दिनुले बढी अलमल भएको बताए ।
नेपालमा शिक्षाको क्षेत्रमा विकास भएको कुरा विद्यालय जाने उमेर पुगेका ९८ प्रतिशत बालबलिका विद्यालय जानुले पनि पुष्टि गरेको उनले बताए ।
उनले आवश्यक दरबन्दी सिर्जना गर्न लगायतका शिक्षा संगठनहरुले उठाएका मागहरु पुरा गर्न सरकारले ध्यान दिनुपर्ने बताए । शिक्षा क्षेत्रमा प्रगति भएपनि गुणस्तरिय बनाउन सरकारले ध्यान दिन जरुरी रहेको उनले बताए ।
माद्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान)को राष्ट्रिय एकता महाधिवेशन शुक्रबारबाट सुरु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस