बजेट निर्माणताका अनधिकृत व्यक्ति प्रवेश प्रकरण: फरेन्सिक रिपोर्टमा रिकभर भएको भिडियो पनि समावेश
खबर एक्सप्रेस
२०७९-०४-१० १०:१३ मा प्रकाशित
Total Shares: 374
काठमाडौं - बजेट निर्माणताका अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करका दायरा हेरफेरमा भूमिका खेलेको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले सीसीटीभी फुटेज हेर्न थालेको छ ।
प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेज छ । सो भिडियो अहिले समितिका सदस्यले हेरिरहेका छन् ।
तर, कहिलेदेखि कहिलेसम्मको, कति भिडियो छ भन्ने प्रष्ट भइसकेको छैन ।
नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस