काठमाडौं - काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा भेटिएको कुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी निरीक्षक सन्तोषसिंह राठौरका अनुसार कालिका पेट्रोल पम्प नजिक दुई वटा जेब्रा झोलामा भेटिएको शंकास्पद बस्तु कुकर बम पुष्टि भएपछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । 

बिहीबार राति सवा दुई बजेतिरै उक्त स्थानमा केही व्यक्तिले शंकास्पद वस्तु फालेर गएको स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।  बम डिस्पोज गर्ने क्रममा शुक्रबार बिहान यो रुटमा साना तथा ठूला कुनै पनि सवारी साधन चल्न दिइएको थिएन । अहिले भने सञ्चालनमा आएको छ । 

बम कसले राख्यो भन्नेबारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।