काठमाडौं - निर्माता तथा निर्देशक आदित्य चोपडा र अभिनेत्री रानी मुखर्जी अहिले घरको कारण चर्चामा छन् । हालै उनीहरू यश चोपडाको घर छाडेर नयाँ ठाउँ सरेका छन् । उनीहरू पैतृक घर छाडेर केही टाढा बसेका छन् । 

आदित्य चोपडाले नयाँ घर खरिद गरेपछि उनीहरू त्यहाँ सरेका हुन् । उनीहरू जुहुस्थित पैतृक घरमा बसिरहेका थिए । मिडियामा भने आदित्यले पुरानो घर छाडेका सन्दर्भमा फरक–फरक खबर सार्वजनिक गरिरहेका छन् ।

अंग्रेजी वेबसाइट डेक्कन क्रोनिकलका अनुसार आदित्य लामो समयदेखि आफ्नो पुरानो घर बस्दै आएका थिए ।

जहाँ आदित्य र उदयले बाल्यकाल गुजारे । तर, विवाहपछि रानीले सधैँ आदित्यलाई नयाँ घर खरिद गर्न दबाब दिइरहेकी थिइन् । त्यही कारण आदित्यले घर खरिद गरेको खबर बाहिर आएको छ । रानी र आदित्यले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।