काठमाडौं - नेपाल एक खेल अगावै हङकङमा जारी द हङकङ सिक्सेसको दोस्रो चरणमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्ड पराजित भएसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

इङ्ग्ल्याण्ड अस्ट्रेलियासँग ३४ रनले पराजित भएको थियो।

अष्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले निर्धारित ६ ओभरमा ११३ रन मात्र बनाउन सक्यो ।

यसअघि नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।