काठमाडौं - यदि तपाई अण्डा खानुहुन्छ र अण्डालाई फ्रिजमा राख्ने गर्नुभएको छ भने सावधान रहनुहोस् । किनकी यसको कारण जानिसकेपछि तपाईंले अण्डालाई फ्रिजमा कहिले पनि राख्नुहुनेछैन । फ्रिजमा अण्डा राख्दा यसको बाहिरी खोलमा रहेको ब्याक्टेरिया स्वास्थ्यका लागि हानिकारक सावित हुन सक्छ ।

अण्डालाई फ्रिजमा राखेपछि यसलाई सामान्य तापमा राख्दा कन्डेनसेशन (वाष्पिकरण) हुने आशंका बढ्दछ । यसबाट अण्डाको बोक्रामा रहेको ब्याक्टेरियाको गति बढ्न सक्छ र अण्डाभित्र पस्ने सम्भावना बढ्दछ । यस्तो अण्डाको खानु स्वास्थ्यका लागि खतरनाक हुन्छ ।

कोठामा रहेका तापक्रम ९रुम टेम्प्रेचर०मा राखिएको अण्डा धेरै दिनसम्म टिक्दछ । जबकि फ्रिजमा राखिएको राखिएको अण्डा उसिन्दा छिटो फुट्छ । केक बनाउनको लागि फ्रिजमा राखिएको अण्डा ठिक हुँदैन । यसलाई पाक्न समय लाग्छ ।

अण्डाको बाहिरी भागमा सामान्य त फोहोर हुन्छ । यसले फ्रिजमा भएको अरु खानेकुरालाई पनि संक्रमित गर्न सक्छ । यसकारण अण्डालाई फ्रिजमा राख्दा धेरै किसिमको संक्रमण हुने सम्भावना हुन्छ ।

फ्रिजको चिसोले अण्डाको केही पौष्टिक तत्व नष्ट पनि गर्दछ । यसकारण फ्रिजमा राख्दा भन्दा रुम टेम्प्रेचरमा राखिएको अण्डा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ ।