काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका दुई मन्त्रालयको जिम्मेवारी बहालवाला दुईजना मन्त्रीलाई नै तोकेकी छिन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा रिक्त दुई मन्त्रालयको जिम्मेवारी बहालवाला मन्त्रीहरुलाई नै तोकेकी हुन्।

राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई तोकिएको छ । हाल स्वास्थ्य मन्त्रालय चलाइरहेका ढकाल यसअघि कानुन मन्त्रालयमै थिए ।

कानुन र सहरी विकास मन्त्रालय समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि मन्त्रीविहिन थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई सहरी विकास मन्त्रालयको कार्यभार पनि तोकिएको छ ।

समाजवादीका सचिव मोहम्मद इस्तियका राईले राजीनामा दिएपछि सहरी विकास मन्त्रालय खाली थियो ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्न अस्वीकार गरेकी र राजपा पनि तत्काल सरकारमा नजाने भएपछि बास्कोटा र ढकाललाई मन्त्रालय थपिएको हो ।