काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहि साउन २९–३१ गते सम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने भएको छ।

रास्वपाले संसद्को गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागिएको जनाएकाे हाे । ललितपुर गोदावरीस्थित फरेस्टमा प्रशिक्षण कार्यक्रम गरिने भएकाे छ। यसअघि दुई पटक दिएको प्रशिक्षण अपुग भएकाले पार्टीले तेस्रो पटक कार्यक्रम राखिएको रास्वपाका एक नेताले बताएका हुन्। पार्टीको नीतिलाई केन्द्रमा राखेर सांसदहरूको सुझाव अनुसार प्रशिक्षणको कार्यतालिका तय हुने भएकाे छ।