काठमाडौं - इरानमाथि जारी अमेरिकी–इजरायली युद्धका बिच अमेरिकाले इरानी नाकाबन्दी तोडेर इरानी बन्दरगाहतर्फ अघि बढेको पानामाको कार्गो जहाजमा क्षेप्यास्त्र प्रहार गरेको छ।
अमेरिकी सेनाका अनुसार चेतावनी दिएपनि जहाजले निर्देशन नमानेपछि त्यसको स्टेयरिङ प्रणालीमा दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरिएको हो। त्यसपछि जहाजलाई अघि बढ्नबाट रोकिएको अमेरिकी सेनाले जनाएको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार इरानको नाकाबन्दी तोडेर अघि बढेका ५५ वटा व्यावसायिक जहाजलाई अहिलेसम्म बाटो परिवर्तन गर्न लगाइएको छ। त्यस्तै, तीनवटा जहाजलाई निष्क्रिय पारिएको र दुईवटामा अमेरिकी सैनिक प्रवेश गरी नियन्त्रणमा लिइएको सेन्टकमले जनाएको छ।

.gif)


