एनपीएलमा कुनै पनि अवाञ्छित घटना हुन नदिन गृहमन्त्री अर्यालको निर्देशन
काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल)को सुरक्षा प्रबन्ध चुस्त राख्न निर्देशन दिएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग गृहमन्त्री अर्यालले एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिँदै अवाञ्छित घटना हुन नदिन निर्देशन दिएका हुन् ।
गृहमन्त्रीको सचिवालय अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन निर्देशन दिएका थिए ।
‘पहिलो पटक रात्रिकालीन समयमा क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी भएकाले सोहीअनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु,’ मन्त्री अर्यालले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस