काठमाडौं एजेन्सी - करिना कपुर खानले 'सीता' को भूमिकाका लागि १२ करोड पारिश्रमिक मागेकी थिइन् ।

उनको यो मागलाई सामाजिक सञ्जालमा निकै ट्रोल गरियो । निर्माण टिमले यति ठूलो रकम दिन नसक्ने भन्दै उनको विकल्पमा अन्य अभिनेत्री खोजिरहेका छन् । यता चर्चित वेव सिरीज 'फेमेली म्यान २' की अभिनेत्री प्रियामणीले करिनालाई साथ दिएकी छन् ।

प्रियामणी बताउँछिन्, मलाई यसका केही गलत छ जस्तो लाग्दैन । यी महिलाहरु पनि यस्तो उचाईमा पुगेका छन् जहाँ उनीहरुले आफ्नो कामबारे खुलेर कुरा राख्न सक्छन् । करिनाले यस्तो गरेका गलत गरेकी छैनन् किनभने उनले त्यसमा डिजर्भ गर्छिन् ।