राष्ट्रपति पौडेल स्वदेश फिर्ता
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।
उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए। सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल, प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन आइतवार राति त्यसतर्फ प्रस्थान गरेका थिए।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी थिए। उनले सो समारोहलाई सम्बोधन गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस