ह्याचरी उद्योगले मासुको भाउ बढाउन १५ करोडको जिँउदो चल्ला मार्यो, ४५ करोडको अण्डा नष्ट
काठमाडौं - नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ ।
बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो ।ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ ।संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि व्यावसायिक ह्इाचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ ।
संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ । संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरुको छ । व्यावसायिक लाभ लिन जिउँदो चल्ला मारेको भन्दै किसानहरुले खेद व्यक्त गरेका छन् ।
संघले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन गर्न नदिने नीति लिएको छ । यसै क्रममा काठमाडौँ, चितवन, पोखरा, बुटवल, धनगढीलगागत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएको हो । संघले ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत गाडेको छ ।
अन्नपूर्ण पोस्टबाट
फेसबुक पेज Like गर्नुहोस