खबर एक्सप्रेस२०७७-०९-०२ १२:०४ मा प्रकाशित Total Shares: 336
काठमाडौं - आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ४ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
हिजो सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस