आज फेरि घट्यो सुनचाँदीको भाउ
खबर एक्सप्रेस
२०७६-०९-२२ ११:०० मा प्रकाशित
Total Shares: 561
काठमाडौं - मंगलबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार ७६ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ५ सयले घट्दै ७५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलबार तेजावी सुनको मूल्य पनि घटेको छ । आज प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला २० रुपैयाँले घट्दै ९ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस