इन्धन महँगिएपछि भाडा नबढ्दा यातायात व्यवसायीको सेवा बन्द गर्ने चेतावनी
काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरे पनि सार्वजनिक यातायातको भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीले सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा बढाउन अन्तिम चेतावनी दिँदै सो कुरा बताएको हो । आयल निगमले छोटो अन्तरालमै तीन पटकसम्म डिजेल र पेट्रोलको मूल्य बढाएर पनि सवारी साधनको भाडा नबढेकोले तत्काल नै भाडा वृद्धि गर्न माग गरेको हो ।
महासंघले अब पनि सरकारले भाडा नबढाए देशभरको यातायात सेवा ठप्प पार्ने वा आफैँ भाडादर घोषणा गर्ने निर्णय गरेको छ । हवाई इन्धनको मूल्य बढ्ने बित्तिकै हवाई भाडा तत्काल समायोजन हुने तर लाखौँ सर्वसाधारण जोडिएको सार्वजनिक यातायातको हकमा सरकारले बेवास्ता गरेको भन्दै आफैँ भाडा वृद्धि गर्ने घोषणा गरेको हो ।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन विधिअनुसार गर्न माग गरिएको छ । यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत र मालवाहक सवारीमा तराई तथा पहाडमा क्रमशः ८.८१ र १४.२९ प्रतिशत भाडा बढाउन सिफारिस गरिसक्दा पनि मन्त्रालयले फाइल थन्काएर राखेको छ । २०७२ सालदेखि १३ वटा मुख्य सूचकहरुका आधारमा भाडा समायोजन नभएको र अहिले दैनिक लाखौँ रुपैयाँ घाटा सहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकाे छ,’ विज्ञप्तिमा उल्लेख छ ।
‘पटक–पटकको अनुरोधलाई सरकारले कमजोरी ठानेको भन्दै महासंघले अब घाटा खाएर सेवा दिन सक्दैन । सरकारले तत्काल निर्णय नलिए वैज्ञानिक विधिलाई नै आधार बनाएर व्यवसायीहरूले स्वतःस्फूर्त रुपमा भाडा वृद्धि गर्ने चेतावनी दिएका छन् । भाडा समायोजन नगरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं राज्य नै हुने भन्दै छ,’ विज्ञप्तिमा उल्लेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस