तोलामा ३०० ले बढ्यो सुनको मूल्य
काठमाडौं - साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ३०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९३ हजार ६०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ३०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार १०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै, आइतवार चाँदीको मूल्य भने घटेको छ । शुक्रवार प्रतितोला रू. १ हजार ३५० मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार ३४५ खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. ५ ले घटेको हो ।
फेसबुक पेज Like गर्नुहोस