नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माले सर्वोच्च पुगेर पदभार ग्रहण गरे
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 6
काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गरेका छन्।
शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेलगत्तै उनले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन्।
संवैधानिक परिषद्ले ६ जनामध्ये चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो।
सोही सिफारिसका आधारमा आज संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदन भएको थियो। आजै नियुक्त उनले राष्ट्रपतिबाट सपथग्रहण गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस