आईपीओ जारी गर्दै मैलुङ खोला
काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर जारी गरिने कम्पनीले जनाएको छ ।
जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिने छ ।
सर्वसाधारणले साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ भर्न सक्नेछन् । उनीहरुले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरको लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
फेसबुक पेज Like गर्नुहोस