काठमाडौं - नेपाली सेनाले चीनबाट १८.८४ टन स्वास्थ्य सामग्री ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान उक्त परिमाणमा स्वास्थ्य सामग्री ल्याएको हो ।

सेनाले ल्याएको सामग्रीमा पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान रहेका छन् । यसअघि शनिबार पनि सेनाले ९ टन स्वास्थ्य सामग्री ल्याएको थियो ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको सेनालाई दिएको थियो ।