काठमाडौं  - देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी प्रदेश,कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भू- भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको जारी बुलेटिनमा उल्लेख छ ।

राती देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकि भू-भागमा पनि आंशिक बदली रहने छ । गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाकाअनुसार बुधबार दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकि भू-भागमा पनि आंशिक बदलि रहने छ। गण्डकी प्रदेश,कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भू- भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।