राष्ट्रपतिले जारी गरिन् नागरिकतासम्बन्धी अध्यादेश
खबर एक्सप्रेस
२०७८-०२-०९ ०४:५० मा प्रकाशित
Total Shares: 261
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो ।
सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
फेसबुक पेज Like गर्नुहोस