कञ्चनपुर - नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लोकतन्त्र जोखिममा परेको बताएका छन् ।

सोमबार स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका लेखकले पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘अहिले देश अप्ठ्यारो अवस्थामा छ । संविधान लिकबाट बाहिरिएको छ, लोकतन्त्र जोखिममा छ ।’

उनले यस्तो अवस्थामा सबै कांग्रेसजन एकजुट भएर पार्टीलाई जिताउन लाग्नुपर्ने आवश्यकता औंल्याए ।

‘अहिले देशको अवस्था सामान्य छैन । संविधानलाई पुनः लिकमा ल्याउन र लोकतन्त्र जोगाउन कांग्रेस जित्नैपर्छ,’ उनले भने ।