फिलिपिन्ससँग नेपालको ७–० को लज्जास्पद हार
खबर एक्सप्रेस
२०७९-०३-०१ १०:४१ मा प्रकाशित
Total Shares: 262
काठमाडौं - एएफसी एसियन कप फुटबल छनोटमा नेपालले फिलिपिन्ससँग लज्जास्पद हार व्यहोरेको छ ।
कुवेतको कुवेत सिटी रंगशालामा भएको खेलमा नेपाल फिलिपिन्ससँग ७–० को फराकिलो अन्तरले पराजित भयो । हारपछि नेपाल समूह एको पूछारमा रहँदै एसियन फुटबलमा छनोट हुन असफल भयो ।
फिलिपिन्सका लागि मोहमद दिमास दरजादले छैटौं मिनेटमा पहिलो गोल गरेका थिए । ४३ औं मिनेटमा विटन सुलेमनले गोल गरेपछि पहिलो हाफमा फिलिपिन्स २–० ले अघि रह्यो ।
३३ औं मिनेटमा नेपालका डिफेन्डर सुमन अर्याल दोहोरो पहेंलो कार्ड पाउँदै बाहिरिएपछि नेपाल दबाबमा परेको थियो । सुमनको अनुपस्थितमा नेपालको डिफेन्स लाइन कमजोर बन्यो र त्यसको फाइदा उठाउँदै फिलिपिन्सले ५ गोल थप्यो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस