काठमाडौं - काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारामा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

ठूलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७, थानकोट चेकपोस्ट बस्दै आएका अर्जुनकुमार केसीको मंगलबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको हो ।

दुर्घटनामा केसीका छोरा घाइते भएका छन् । उनको ओम समाज अस्पतालमा उपचार भइरहेको छ । छोरालाई पछाडि राखेर स्कुल पु¥याउन जाँदै एक केसीलाई ठक्कर दिने सवारी साधनको पत्ता लाग्न सकेको छैन । 

सवारी साधनबारे कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको प्रहरीले जनाएको छ । बाबु–छोरालाई ठक्कर दिने सवारी साधन पत्ता लाग्न नसकेपछि घटनास्थलमा तनाव सुरु भएको छ । 

स्थानीय र मृतकका केही आफन्तले ठक्कर दिने सवारी साधन पता नलगाए सम्म शव उठाउने र गल्ती गर्ने चालकलाई पत्ता लगाई कारबाहीको माग गरेका छन् ।