एनपीएल: फाइनल प्रवेशका लागि लुम्बिनीले आज विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दै
काठमाडौं - नेपाल प्रिमियर लिग एनपीएलमा आज दोस्रो क्वालिफायर्सको खेल हुँदैछ।
हिजो भएको एलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स एनपीएल क्रिकेटको दोस्रो क्वालिफायर्समा पुगेको ह। अब फाइनल प्रवेशका लागि लुम्बिनीले आज विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ।
बुधबारको हारसँगै काठमाण्डुको यात्रा समाप्त भएको छ। आज दिउँसो ४ बजे हुने दोस्रो क्वालिफायर्सको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
गत संस्करण खराब प्रदर्शन गरेको विराटनगर यसपटक उपाधिको बलियो दाबेदार हो। सुरुवाती ३ खेल जिते पनि बिचमा केही धर्मराएको विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमको अपराजित यात्रामा पूर्ण विराम मात्र लगाएको थिएन एक पक्षिय नतिजा नै निकाल्यो। ठिक त्यसको विपरित सुदूरपश्चिमले पहिलो क्वालिफायर्समा विराटनगरमाथि एक पक्षीय खेल खेल्दै प्रभावशाली जित निकाल्यो।
सुरुवाती बलिङ गर्दै विराटनगरले सुदूरपश्चिमलाई १५५ रनमा रोके पनि ब्याटरहरुबाट योगदान पाउन सकेन। ब्याटरहरु क्रिजमा टिक्न नसक्दा विराटनगर ७८ रनमा अलआउट भयो।
अब फेरि उही टोलीसँग भेट गर्न विराटनगरलाई लिग चरणमा जस्तो पुनरागमनको आवश्यकता छ। विदेशी खेलाडीमा खुलेर खर्च गरेको उसले दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डु प्लेसीलाई अनुबन्ध गरेर लक्ष्यमा पुग्ने योजना बनाउँदा मार्टिन गप्टिल, मर्चेन्ट डे लाङ, साम हिजलेटलाई अनुबन्ध गरेर स्तरीय टोली बनायो।

.gif)



फेसबुक पेज Like गर्नुहोस