मधेसमा मन्त्रीमण्डल विस्तार, ३ मन्त्रीले लिए शपथ
जनकपुरधाम - मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले शपथ लिएसंगै ३ जनाको मन्त्रीमण्डल विस्तार गरेका छन् ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसबाट जंगीलाल राय, जनमतबाट महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेल
लाई मन्त्रीमण्डलमा सामेल गराएर मन्त्रीमण्डल विस्तार गरेका हुन् । जनमत पार्टीबाट मन्त्री बनेका यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका राय र एकीकृत समाजवादी पार्टीका पटेललाई विना विभागीय मन्त्री बनाइएको छ ।
नवनियुक्त मन्त्रीहरुलाई आजै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको सपथ गराएका छन् ।
पार्टीको आन्तरिक छलफल नटुङ्गिएको कारण सरकारमा सहभागी रहेका माओवादी केन्द्र, जसपा नेपाल, लोकसभा नेपाल र नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीको विभागको विषयमा टुङ्गो नलागेपछि सहमति हुन सकेन।
आजै बस्ने संसदीय दलको बैठकबाट मन्त्री पठाउने विषयमा टुंगो लगाइने बताइएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस