त्रिभुवन विश्वविद्यालयको सभा आज, नीति तथा कार्यक्रम पेस हुने
खबर एक्सप्रेस
२०८२-०८-११ ११:४४ मा प्रकाशित
Total Shares: 37
काठमाडौं-त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दै छ ।
सभा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा ११ बजे बस्न लागेको हो ।
सभामा विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत हुने तयारी गरिएको छ ।
गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएको थियो।
त्यस क्रममा बजेटमात्र प्रस्तुत गर्ने निर्णय भएको थियो । पछि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
आजको सभाले यस सम्बन्धमा छलफल गरी आगामी कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस