प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो दिनमै १२ वटा दल दर्ता
खबर एक्सप्रेस
२०८२-०८-०२ ०५:४३ मा प्रकाशित
Total Shares: 64
काठमाडौं - प्रतिनिधिसभाको निर्वाचनका लागि सोमबार १२ वटा दलले दर्ताको निवेदन दिएका छन् ।
निर्वाचन प्रयोजनका लागि नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दलले दर्ताको निवेदन दिएका हुन् ।
राष्ट्रियसभाको निर्वाचनका लागि तीन दलले दर्ताको निवेदन दिएको आयोगको राजनीतिक दल महाशाखाले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि आयोगले आजबाट निवेदन लिन थालेको हो ।
त्यस्तै, आयोगले आज राजेश पटेल अध्यक्ष रहेको परिवर्तन दललाई दर्ताको प्रमाणपत्र दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस