कर्णाली - कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वि.सं. २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार भोलि प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थामा बिदा सूचना गरिएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

माथिल्लो कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटमा विशेषगरी धार्मिक तथा सांस्कृतिक महत्व दिएर मनाउने यो पर्वमा देउडा लगाएर खेल्नेसमेत गरिन्छ । साउने सङ्क्रान्ति पर्वको दिनमा ती जिल्लाका समुदायले आफ्नो घरको छतमा सल्लाको तेलयूक्त काठलाई राँको बनाएर बाल्ने र वर्षभरि गाउँघरमा सिर्जित विकृतिलाई धार्मिक विधि अनुसार लुतोको रूपमा फाल्ने प्रचलन रहिआएको छ । 

May be an image of ticket stub and text that says 'जাसी कणाला करणालानक्ात लोनस सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेश सुर्खेत मा.মশदু のにコーソポス मविलतयु 양C고호아아보유 ম্পয 053-2229 부리제리 ヨクベリー度で展さ सार्वजनिक बिदा सम्बनधी सुचना मिति २०६२ साउन 9 गते विहिवार साउने संकान्ति तथा देउडा पर्बको उपलक्यमा कर्णाली प्रदेशभरका सवै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरमा सार्वजनिक विदा दिने कर्णाली प्रदेश सरकार (मन्त्िपरिषद्) वाट मिति ನಿಂದದಿ/ಗಳ/ मा निर्य भएको हुंदा सम्वन्धित सवैको जानकारीको लাगি यो सूचना प्रकाशित गरिएको छ मिति: २०८२/०३/३२ ပေ့ प्रवक्ता/ प्रवत्ता/उपसचिव उत्तम गौतम'