काठमाडौं - साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम गरिएको थियो । यस्तै सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भएको महासंघले जनाएको छ ।