मन्त्रिपरिषद् विस्तार हुँदै, आज चार नयाँ मन्त्री थपिने
खबर एक्सप्रेस
२०८२-०८-२७ ०१:०८ मा प्रकाशित
Total Shares: 60
काठमाडौं - सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतल निवासमा आजै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारी गरिएको छ । आज ४ जना नयाँ मन्त्री थपिने लागेका हुन् ।
थपिने मन्त्रीहरूमा कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् ।
इङ्नामलाई भूमि, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस