काठमाडौं  - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनका अनुसार सरकारलाई दिएको समर्थन लिएकोबारे सभामुख देवराज घिमिरेलाई जानकारी समेत गराइसकिएको छ ।