काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । एमसीसी विवाद बढेपछि बुधबार बोलाइएको बैठक स्थगित भएको हो । 

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बैठक स्थगितको सूचना टाँस्ने तयारी भइरहेको छ ।