काठमाडौं - कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध वरिष्ठता मिचेको दाबी गरिएको रिटको दरपिठविरुद्धको निवेदन १ बजेभित्र दर्ता गर्न आदेश दिएकी छन् ।

२०८३  वैशाख २५ गते संवैधानिक परिषद्‍बाट प्रधानन्यायाधीशमा सिफारिस गर्दा वरिष्ठताको आधारमा नगरी चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई सिफारिस गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाललगायतले सर्वोच्चमा रिट पेस गरेका थिए। 

उक्त रिट सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपिठ गरिएको थियो । 

दरपिठविरुद्ध दिएका निवेदन होल्ड गरेर राखिएपछि रिट निवेदक प्रेम सिलवालले बिहानै कामु प्रधानन्यायाधीश मल्ललाई भेटेर इजलासमा पेस हुने निवेदन समेत दर्ता नभएको भनी उजुरी दिएका थिए । 

उक्त उजुरीपछि कामु प्रधान्यायाधीशले एक बजेभित्र दर्ता गर्न आदेश गरेकी हुन् ।

सर्वोच्च प्रशासनले दर्ता गरेपछि उक्त निवेदनको पहिलो सुनुवाइ जेठ ५ गते  हुने छ ।