लकडाउनमा थप कडाइ गर्न गृहमन्त्रालयको निर्देशन
खबर एक्सप्रेस
२०७७-०१-१५ ०१:५६ मा प्रकाशित
Total Shares: 385
काठमाडौं - गृहमन्त्रालयले लकडाउनमा थप कडाइ गर्न निर्देशन दिएको छ । सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो ।
स्थानीय तहले अलपत्र परेका यात्रु ओसारपसार गर्न जिल्ला प्रशासन कार्यालयबाट पास लिन थालेपछि गृहले यस्तो रोक लगाएको छ । गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको छ ।
पछिल्लो एक सातायता उपत्यकासहित विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो पालिका मातहतका यात्रुलाई नगरपालिका तथा गाउँपालिका र जनप्रतिनिधिहरुको पहलमा घर पठाउने व्यवस्था गरिँदै आएको थियो ।
फेसबुक पेज Like गर्नुहोस