बालेनको चुनावी अभियानमा सामेल दिनेश सिटौला अछाममा बेहोस
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नता बालेन्द्र साह (बालेन)को चुनावी प्रचारका लागि अछाम गएका एक जना बेहोस भएका छन् ।
नुवाकोट घरभएका ४४ वर्षीय दिनेश सिटौला आज बिहान एक्कासी बेहोस भएपछि उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार बिहान एक्कासि बेहोस भएपछि सिटौलालाई अस्पताल भर्ना गरिएको थियो ।
तर स्वास्थ्य अवस्थाको गम्भीरता देखिएपछि थप उपचारका लागि भन्दै उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।
सिटौला काठमाडौंबाटै बालेनसँगै प्रचार अभियानमा सहभागी भई अछाम पुगेका थिए।
साथै बालेनले अछाममा चुनावी अभियान सकेर आजै कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा जाने कार्यातालिका छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस