बारा र पर्साका तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो
खबर एक्सप्रेस
२०७७-०१-१७ १२:०७ मा प्रकाशित
Total Shares: 560
वीरगन्ज - नेपालमा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
यसअघि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । तिनिहरुमध्ये तीन जनाको रिपोर्ट पोजेभिट आएको हो ।
संक्रमित तीनै जना भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएको थिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस