काठमाडौं - नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ ।

पार्टीले आसन्न फागुन २१ मा हुने निर्वाचनका लागि निर्वाचन घोषणा पत्र तयार गर्नका लागि पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव मागिरहेको हो ।

एमाले प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार सबै क्षेत्रबाट दुई–तीनपटक सुझाव सङ्कलन गरिसकेको छ ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ। कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।