मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ
काठमाडौं - मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुख लाभलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित पानस होटलमा सोमबार बिहान एकाबिहानै एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएपछि उनको चर्को आलोचना भइरहेको थियो ।
मन्त्रिपरिषद्को सोमबार बेलुका बसेको बैठकले सुवेदीलाई पदबाट हटाउँदै उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारको सोहि निर्णय अनुसार कर्ण मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस