५२ जना संवैधानिक पदाधिकारीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं - संवैधानिक नियुक्ति विरुद्धका रिटमा बुधबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
रिटमा विपक्षी बनाइएकाका तर्फका कानून व्यवसायीको ‘अब्जेक्सन’ पछि सर्वोच्चको संवैधानिक इजलासले रिटभाथिको सुनुवाइ स्थगित गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्त गर्ने तत्कालीन सरकारको निर्णयविरुद्ध दायर रिटमा बुधबारको संवैधानिक इजलासमा एकल सुनुवाइ हुने गरी पेसी तोकिएको थियो ।
विपक्षीका कानुन व्यवसायी रहेका वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षी निकायलाई म्याद जारी नभएको तथा उनीहरुबाट पनि लिखित जवाफ माग गर्नुपर्ने भन्दै इजलाससमक्ष ‘अब्जेक्सन’ जनाएका थिए ।
अख्तियारलगायत १२ विपक्षी निकायबाट लिखित जवाफ माग गर्ने आदेश माग गर्दै पन्तले इजलासमा पूरक निवेदनसमेत पेस गरेका छन् । पन्तले पूरक निवेदन पेस गरेपछि कामु प्रधानन्यायाधीश कार्कीले लिखित जवाफ माग्ने आदेश गर्ने जवाफ दिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस