एजेन्सी - बलिउडका ‘खिलाडी कुमार’ अर्थात् अक्षय कुमारले ‘हाउसफुल-४’को पोस्टर सार्वजनिक गरेका छन् ।

अक्षयको सुपरहिट फ्र्यानचाइज ‘हाउसफुल’ मा यसअघि उनलाई विभिन्न भूमिकामा देख्न सकिन्छ । ‘हाउसफुल(४’ मा अक्षयको दुईटा अलग-अलग लुक देख्न सकिने छ ।

‘हाउसफुल-४’ मा अक्षयलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । एउटा भूमिका उनी ६ सय वर्षअघि वा १४१९ का राजकुमार बाला बनेका छन् । यो लुकमा अक्षय निकै खतरनाक लुकमा देखिएका छन् । धनुवाण चलाएको फोटोको क्याप्सनमा अक्षयले ‘बाला, शैतानका साला’ भनेर लेखेका छन् । दोस्रो भूमिकामा उनी ह्यारी बनेका छन् जो लण्डनमा बस्छन् ।

पोस्टर हेरेर ‘हाउसफुल-४’ को कहानी पुनर्जन्ममा आधारित छ भन्ने प्रस्ट हुन्छ । मंलगबार मात्रै अक्षयले फिल्मको टिजर सार्वजनिक गरेका थिए । बुधबार उनले पोस्टर रिलिज गरेका छन् ।

फरहाद सामजीद्वारा निर्देशित ‘हाउसफुल द्ध’ मा अक्षय कुमारसहित कृति सेनन, रितेश देशमुख, कृति खरबंदा, बबी देओल, पूजा गर्गले समेत अभिनय गरेका छन् ।